मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १५ सोमबार
  • Thursday, 02 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १५ सोमबार २३:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद

मेलबर्नमा हारपछि टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने भारतको सम्भावना कति ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १५ सोमबार २३:o५:oo

अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट खेलमा पराजयपछि टेष्ट च्याम्पियनसिपको फाइनल खेल्ने भारतको सम्भावना न्यून भएको छ । अब उसले पाँचौ टेस्ट जितेर मात्र पुग्दैन अष्ट्रेलियाले श्रीलंकाविरुद्धको दुई खेल समेत हार्नुपर्ने हुन्छ । 

टेष्ट च्याम्पियसनसिपको फाइनलमा दक्षिण अफ्रिकाले आफ्नो स्थान पक्का गरिसकेको छ । अर्काे एक स्थानका लागि अष्ट्रेलिया, भारत र श्रीलंकाबिच प्रतिस्पर्धा जारी छ । 

टेष्ट च्याम्पियनसिपको यो चक्रमा अष्ट्रेलियाका तीन खेल बाँकी छन्। भारतसँग एक र श्रीलंकाविरुद्ध दुई । यी तीन खेलमध्ये एक खेल मात्र जितेपनि अष्ट्रेलियाको फाइनल यात्र पक्का हुनेछ । 

भारतको एक खेल मात्र बाँकी छ । आगामी ३ जनवरीमा सिड्नीमा अष्ट्रेलियाविरुद्धको भारतको पाँचौ टेष्ट खेल सुरु हुँदैछ । भारतलाई सो खेल जितेर मात्र पुग्दैछ, त्यसपछि अष्ट्रेलियाले श्रीलंकासँगका दुई खेल हार्नुपर्ने हुन्छ । 

इन्टरनेशनल क्रिकेट काउन्सिल(आईसिसी)का अनुसार श्रीलंकाको समेत फाइनल खेल्ने सम्भावना कायमै छ । त्यसका लागि अष्ट्रेलिया र भारतको पाँचौ टेष्ट बराबरी हुनुपर्छ भने त्यसपछि अष्ट्रेलियासँगको दुवै खेल  हराउनुपर्नैछ। 

हाल अंकतालिकामा दक्षिण अफ्रिका पहिलो, अष्ट्रेलिया दोस्रो, भारत तेस्रो र श्रीलंका चौथो स्थानमा छन् । अंग तालिकाको शीर्ष दुई टिमले टेस्ट क्रिकेटको विश्वकप मानिने च्यापियनसिप खेल्नेछन् । यसपटकको टेष्ट च्याम्पियनसिप फाइनल इंल्याण्डस्को लड्स क्रिकेट मैदानमा हुनेछ।