Skip This
जलवायु वित्तको माग गर्दै काठमाडौं सहित विभिन्न शहरका मानिसहरु सडकमा उत्रिए
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
२o८१ मङ्सिर १ शनिबार ११:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलवायु वित्तको माग गर्दै काठमाडौं सहित विभिन्न शहरका मानिसहरु सडकमा उत्रिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार ११:४६:oo

जलवायु वित्तको माग गर्दै काठमाडौं सहित नेपालका विभिन्न १६ शहरमा मानिसहरु सडकमा उत्रिएका छन् । जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपांगता भएका व्यक्तिहरू, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रुपमा अजरबैजानको बाकुमा जारी कोप-२९ को समर्थनमा सडकमा र्‍याली गरेका हुन्।

यो र्‍यालीले वैश्विक उत्तर (ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ।

शनिवार बिहान आयोजना गरिएको र्‍याली काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएर रत्‍नपार्कसम्म पुगेर समापन भएको छ । र्‍यालीको क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो।

काठमाडौंका अलवा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ्ग, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगञ्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ। 

यस्ता छन् प्रमुख  मागहरु:

  • जलवायु वित्तलाई ऋणको रूपमा होइन, अनुदानको रूपमा प्रदान गर्नुपर्छ।
  • जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्छ। 
  • औद्योगिक राष्ट्रहरुले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बढाउनु पर्छ।
  • अनुदान समयमै र विश्वसनीय हुनु आवश्यक छ। 
  • कोषको वितरण पारदर्शी र उत्तरदायी हुनु पर्छ।
  • जलवायु वित्तले समुदाय/केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्छ । जसले पिछदिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्छ।