Skip This
प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरलाई म्याग्दी लगियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
२o८१ मङ्सिर १ शनिबार ११:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरलाई म्याग्दी लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार ११:१७:oo

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरलाई पाेखराबाट म्याग्दी लगिएको छ । डेंगीको उपचारका क्रममा बुधबार राति निधन भएकी प्रदेशसभा सदस्य  गौचनको शव गण्डकी प्रदेश सभा प्राङ्गणमा श्रद्धाञ्जली पछि म्याग्दी लगिएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, प्रदेश सभा सदस्य, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, आफन्तहरु र सर्वसाधारण लगायतले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण  गरेका थिए । 

गौचनको पार्थिव शरीरमा मुख्यमन्त्रीले राष्ट्रिय झण्डा ओढाएका थिए । यसैगरी शर्माले पार्टीको झन्डा र थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनसँगै प्रतिनिधि सभा सदस्य योगेश गौचनले थकाली सेवा समाजको झन्डा ओढाएका थिए । 

काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा उनको बुधबार राति ६३ वर्षको उमेरमा निधन भएको थियो। मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । 

उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्। उनको अन्त्यष्टि म्याग्दीमा आजै गरिने छ ।