१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १६ शुक्रबार
  • Friday, 01 November, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १६ शुक्रबार १o:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘हङकङ सिक्सेस’को पहिलो खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १६ शुक्रबार १o:o१:oo

नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍याे ।

नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यसैगरी, लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए ।

रासिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंल्यान्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

इंल्यान्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए । नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ ।