प्रधानमन्त्री ओली १७ देखि २० मंसिरसम्म चीन भ्रमणमा जाने

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

भारतबाट निमन्त्रणा नआएपछि प्रधानमन्त्री ओलीले कूटनीतिक च्यानलमार्फत रुचि प्रकट गरेपछि चीनबाट आयो निमन्त्रणा

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण तय भएको छ । आगामी १७ मंसिरदेखि उत्तरी छिमेकी मुलुक चीन जाने गरी प्रधानमन्त्री ओलीको भ्रमण मिति तय भएको हो ।

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार १७ देखि २० मंंसिरसम्म मिति तय गरेर चीनले प्रधानमन्त्री ओलीलाई औपचारिक भ्रमणको निमन्त्रणा पठाएको छ ।

भ्रमणको गृहकार्य पूरा गरेर तिहारपछि बस्ने मन्त्रिपरिषद् बैठकले कार्यतालिका अनुमोदन गर्नेछ ।

See More On

सुझावित समाचार