१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २१:०९:००
Read Time : > 1 मिनेट
समाचार

बम बिस्फाेटमा घाइते भएका पाँच जनाको ट्रमा सेन्टर र ओम अस्पतालमा उपचार हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २१:०९:००

आइतबार दिउँसो काठमाडाैंको अनामनगर र सुकेधारामा भएको बम बिस्पोटमा परी घाइते भएका पाँच जनाको उपचार राष्ट्रिय ट्रमा सेन्टर र चावहिलस्थित ओम अस्पतालमा भइरहेको छ । दिउँसो साढे चार बजे घट्टेकुलोमा बम बनाउँदै गर्दा बिस्पोट हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो । मृतकको सनाखत हुन सकेको छैन । 

घाइते भएका रुकुमका रविन केसी बाइकको लिफ्ट मागेर ट्रमा सेन्टर पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार केसी बाइक दुर्घटनामा परेको भन्दै अरुको सहयोगमा अस्पताल पुगेका हुन् । ठुलो आवाजसँगै धुवाको मुस्लो देखिएपछि स्थानीयबासी घटना स्थलमा पुगेका थिए । ग्यास सिलिण्डर जस्ताको त्यस्तै देखेपछि स्थानीयले बमको आशंकामा प्रहरीलाई खबर गरेका थिए । सो घरमा विप्लपका कार्यकर्ता बस्दै आएका थिए । घाइते केसीको छाती र हातमा चोट लागेको अस्पतालका निर्देशक डा. प्रमोद यादवले बताए । 

सुकेधारमा तीन जनाको मृत्यु, तीन घाइते

सुकेधारमा भएको विस्पोटमा परी तीन जनाको मृत्यु भएको छ । घटना स्थलमा एक जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि ओम अस्पताल लैजादै गर्दा बाटाेमा मृत्यु भएको थियो । अर्का एक जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको अस्पतालका मेनेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले बताए । उनका अनुसार तीन जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । तर, अवस्था गम्भिर रहेकाे छ । घाइतेमध्ये केहीको खुट्टा छिनेको छ भने केहीको हात छिनेको छ कार्कीले भने । 

घाइते र मृतक कसैको सनाखत भएको छैन । सोही घटनामा परी एक जनाको अवस्था चिन्ताजनक छ । उनलाई शिक्षण अस्पतालमा लगे पनि उपचार सम्भव नभएपछि उनलाई ट्रमा सेन्टरमा लगिएको छ । सुकेधाराको शैलुनमा काम गर्न महोत्तरीका छोटु ठाकुर रहेको अस्पतालले जनाएको छ ।