मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २०:१२:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । रासस