१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
प्रतिकात्मक तस्बिर
रासस तुलसीपुर
२o८१ कार्तिक २ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा सर्प महोत्सव हुँदै

Read Time : < 1 मिनेट
रासस, तुलसीपुर
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १४:४२:oo

दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबिचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोत्सव संयोजक प्रभात भण्डारीले जानकारी दिए। महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प  प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए।

सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने उनको भनाइ छ। महोत्सवमा सर्पविज्ञको पनि सहभागिता रहनेछ।

मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष वलीले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए। सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिका– २० का हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ। दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ। तीमध्ये सात प्रजातिका सर्प विषालु भेटिएका छन्।