१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राहत र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १६:१७:oo

प्रधानमन्त्री केपी ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई ०७२ सालको विनाशकारी भूकम्पपछिको ठुलो विपतकाे घटनाका रूपमा लिँदै राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतहरूमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनर्निर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताए।

‘अहिलेको परिस्थितिमा के गर्नुपर्छ र के गर्न सकिन्छ, तीनै तहका सरकारबाट समन्वयतात्मक रूपमा काम गर्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘कसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ। हुन त समाजमा कुरा काट्ने प्रवृत्ति पनि छ, तर हामीले त्यसको पर्वाह नगरी सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरू अवरुद्ध भएकाे स्थितिमा दसैँअगावै सम्पूर्ण प्रयासहरू गरेर नाका तथा बाटाहरू खुलाइएको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए।