१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
तिवारी यादव वीरगन्ज
२o८१ कार्तिक २ शुक्रबार १६:३१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेश प्रदेशमा दसैँको अवधिभर ३१८ सडक दुर्घटना, २३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १६:३१:oo

मधेश प्रदेशमा दसैँको अवधिभर ३१८ वटा सडक दुर्घटना भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार घटस्थापनादेखि ३० गतेसम्मको अवधिमा भएका ती दुर्घटनामा परेर २३ जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार मधेशमा सडक दुर्घटनामा परेर मृत्यु हुनेमा पुरुष १९ जना, महिला दुईजना र बालबालिका दुईजना छन्। यस्तै, ५८९ जना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए।

उनका अनुसार उक्त अवधिको सडक दुर्घटनामा परेर मृत्यु हुनेमा सबैभन्दा बढी बारामा सातजना, सर्लाहीमा ६ जना र पर्सामा चारजना छन्। यस्तै, सिराहामा दुईजना, महोत्तरीमा दुईजना तथा धनुषा र सप्तरीमा एक–एकजना छन्।

प्रहरी उपरीक्षक बोहराका अनुसार बारामा ५३ वटा, सर्लाहीमा ५० वटा र धनुषामा ४७ वटा सडक दुर्घटना भएका छन्। सप्तरीमा ४२, सिराहामा ३२, महोत्तरीमा २४, रौतहटमा ३९ र पर्सामा ३१ वटा दुर्घटना भएका छन्।

प्रहरी उपरीक्षक बोहराले मधेश प्रदेशमा सडक दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या विगतको भन्दा एक प्रतिशतले कमी आएको बताए। यस्तै, ट्राफिक कारबाहीको संख्या र राजस्व संकलन विगतको तुलनामा बढेको उनको भनाइ छ।
उनका अनुसार दसैँभर प्रदेशमा कारबाहीमा परेका पाँच हजार ८११ सवारीसाधनबाट ५० लाख ६९ हजार पाँच सय राजस्व संकलन भएको छ।