१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आज देशभरका अदालत बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०८:३०:००

पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतको पूर्ण बैठकले देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द रहने निर्णय गरेको हो । 

सर्वाेच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले शनिबार जारी गरेको विज्ञप्तिमा खत्रीको असामयिक निधनबाट न्याय, कानुन र मानव अधिकारका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ । सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशका रूपमा लामो समयसम्म सेवारत खत्रीले स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्‍याएको जनाइएको छ । 

खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९९ वर्षीय खत्रीको निधन भएको थियो । पछिल्लो समय उनी अल्जाइमर्स रोगका पीडित थिए ।