१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३१ बुधबार २१:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानन्यायाधीश सिंहको निधन, बिहीबार देशभरका अदालत बन्द हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३१ बुधबार २१:४६:००

पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ ।   शोकमा बिहीबार देशभरका न्यायिक निकाय बन्द रहने भएका छन् । बुधबार सर्वोच्चको आकस्मिक बैठकले यस्तो निर्णय गरेको बताइएको छ । सर्वोच्च अदालतलगायतका निकायमा पेशी तोकिए पनि उनको निधनको समाचार प्राप्त भएपछि कुनै पनि इजलास बसेका थिएनन् ।

सिंहको एक सय एक वर्षको उमेरमा निधन भएको हो । सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उनले वि.सं. २०१३ जेठ ८ देखि तीन वर्ष सर्वोच्चको प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनकै कार्यकालमा नेपाल कानुन पत्रिकाको प्रकाशन सुरु भएको हो ।

‘उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।’