१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ८ मंगलबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आत्मकथा बेच्दै महावीर पुन रौतहटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार १८:४७:oo

आत्मकथा बेच्दै महावीर पुन रौतहट आइपुगेका छन्। वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि रकम जुटाउन हिँडेका उनी तीन दिनदेखि रौतहटका विभिन्न स्थानमा आफ्नो आत्मकथा बिक्री गरिरहेका छन्।

पुनको आत्मकथा बेच्नका लागि चन्द्रपुर नगर उद्योग वाणिज्य संघ र नेपाल मगर संघ रौतहटले समन्वय गरेका छन्। तीन दिनदेखि उनी चन्द्रनिगाहपुर मेनचोकको तीनकुने पार्क र नगर क्षेत्रमा रहेका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरूमा पुगेर पुस्तक बिक्री गरिरहेका छन्।

‘महावीर पुनको नाम कसैले सुन्नुभएको छ भने आउनुस्। म महावीर पुन। मेरो आत्मकथा बिक्री गरिरहेको छु’ भन्दै उनी चन्द्रनिगाहपुरको मेन चोकमा माइकिङ गरिरहेका छन्।

कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग पुगोस् भन्ने हिसाबले आफूहरूले पुनको किताब बिक्रीका लागि समन्वय र सहकार्य गरी सहयोग गरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बताए।

तीन दिनको अन्तरालमा करिब ६ सय किताब बिक्री भएको उनले जानकारी दिए। चन्द्रपुर नगर क्षेत्रमा पुनको किताब खरिद गर्न र उनलाई हेर्नसमेत स्थानीयको जमघट भइरहेको छ।