१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १५:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ११ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १५:५९:oo

यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ११.५८ अंकले बढेर दुई हजार पाँच सय ८८.३५ को अंकमा रोकिएको हो।

आज ३२५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता सेयर ७२ हजार ९५७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार ६९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह ०.३१, होटेल तथा पर्यटन ०.६१, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१८ र म्युचुअल फन्ड ०.१० प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ समूह १.०१ प्रतिशतले बढेको छ। विकास बैंक ०.६६, जलविद्युत् ०.३१, लगानी ०.६२ र जीवन बिमा समूह ०.२४ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बिमा समूह ०.४७, व्यापार ०.०७ र अन्य समूह ०.४१ प्रतिशतले बढेको छ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर सांगी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु. २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको सेयर खरिद–बिक्री भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ६ लाख ४७ हजार २०३ कित्ता किनबेच भएको छ। रासस