१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्मी बढेपछि मनरा सिसवाका विद्यालय पाँच दिन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १७:o१:oo

गर्मी बढेपछि महोत्तरीको मनरा सिसवा नगरपालिकाले पालिकाभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय पाँच दिनका लागि बन्द गरेको छ। गर्मीका कारण पठनपाठन गर्न समस्या हुन थालेपछि नगरपालिकाको आकस्मिक बैठकले पाँचदिनका लागि विद्यालय बन्द गर्ने निर्णय लिएको हो।

मनरा सिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि असोज ७ गते सोमबारदेखि असोज ११ गते शुक्रबारसम्मको लागि वार्षिक बिदाबाट कट्टा हुने गरी बिदा दिइएको बताए।

महोत्तरीमा पछिल्लो केही दिनदेखि तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ। अधिक गर्मीले बालबालिकामा बान्ता, कमजोरी, मुर्छा पर्नेलगायतका विभिन्न समस्या आउन सक्ने जनकपुर सुरक्षा अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. सन्तोष साहले बताए। उनले बालबालिकालाई गर्मीबाट जोगाउनु अतिआवश्यक रहेको र निरन्तर सादा पानीसँगै जीवनजल, कागतीलगायतका तरल पदार्थहरूको सेवन गराउनुपर्ने बताए।