१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १६:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १६:४८:oo

ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ बालबालिकालाई थ्री–डी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त कार्य गरेको बैंकले जनाएको छ।

ई–नेबल नेपालको कार्यालयपरिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले कृत्रिम हातहरू प्रदान गरेको हो। कृत्रिम हातले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास लिएको बैंकले जनाएको छ।

हालसम्म बैंकले २६ बालबालिकालाई यस्ता कृत्रिम हात प्रदान गरी उनीहरूको जीवन रूपान्तरण गर्न सहयोग गरिसकेको छ। बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १६ बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्ने घोषणा गरेको थियो। 

उक्त सम्झौताअनुरूप पहिलो चरणमा ६ बालबालिकालाई कृत्रिम हात प्रदान गरिएको हो। थ्री–डी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरू हलुका हुनुको साथै औँला चलाउन पनि मिल्ने तवरले इन्जिनियरिङ गरिएको हुन्छ।

बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हरेक वर्ष ४६ वटा यस्ता उपकरणमार्फत करिब १६८० भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई जीवन रक्षा गर्न सफल भएको छ। साथै हालसम्मको योगदानले करिब ८५०० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन्।