१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १o:३६:oo

नेसनल लाइफ इन्स्योरेन्सले ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग साक्षात्कार गर्ने कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा मधेश प्रदेशबाट ३० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । सिइओ सुरेशप्रसाद खत्रीले सहभागी सबै अभिकर्तालाई अभिकर्ताको परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका थिए । साथै, अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो ।

अभिकर्ताको हितलाई मध्यनजर गर्दै ‘मिट द सिइओ’ स्किम ल्याइएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी अभिकर्ताले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बिमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।