१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o९:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ठमेल प्लाजाको आइपिओ एसबिआई मर्चेन्टले निष्कासन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o९:४५:oo

ठमेल प्लाजा होटेल एन्ड सुइट्स लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । होटेलले प्रतिकित्ता १०० रुपैयाँमा १० लाख कित्ता आइपिओ जारी गर्न लागेको हो । होटेलले धितोपत्र निष्कासन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।  

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतामा एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र होटेलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे । 

एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैँकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकलगायतका सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै, होटेलको स्वामित्वमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ होटेल सञ्चालन हुँदै आएको बताइएको छ ।