Skip This
संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार o६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o६:४५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीलतनिवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विकास निर्माणलाई तीव्रता दिन र सेवाप्रवाहमा चुस्तता ल्याउन समयमै संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 

पाँच संकल्प प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘पहिलो संकल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौँ । र, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ । अर्को संकल्प गरौँ कि हामी सुशासनप्रति प्रतिबद्ध रहनेछौँ । राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ ।’ राष्ट्रपति पौडेलले संकल्पका रूपमा समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने प्रण गर्नुपर्ने बताए । 

राष्ट्रपति पौडेलले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए । ‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस् । जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस्,’ उनले भने ।