Skip This
दुई शिक्षकको मृत्युपछि राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि शोकमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई शिक्षकको मृत्युपछि राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि शोकमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १२:४८:oo

राप्तीसोनारी गाउँपालिका– ४ धामपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोकमा परेको छ। सडक दुर्घटनामा विद्यालयमा कार्यरत दुईजना शिक्षकको मृत्यु भएपछि विद्यालय शोकमा परेको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुरमा कार्यरत शिक्षक ३१ वर्षीय अजय थारू र ३५ वर्षीय रामशरण थारू रहेका छन्। राजापुर नगरपालिका– ४, बर्दियाका अजय सोही विद्यालयमा कार्यरत थिए। सडक दुर्घटनामा परी दुई शिक्षकसँगै तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायब निरीक्षक भद्रसिंह वलीले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भे.१२प ३१९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे.१२प ४८२८ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा र एकजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

दुर्घटनामा भे.१२प ४८२८ का मोटरसाइकलचालक राप्तीसोनारी– ३ का १८ वर्षीय वसन्त थारूको पनि मृत्यु भएको उनले जानकारी दिए। तीव्र गतिमा रहेका मोटरसाइकल बुधबार बेलुका करिब ५ बजेतिर राप्तीसोनारी गाउँपालिका– ४ स्थित लठ्ठापुरमा ठोक्किएका थिए । रामशरण र वसन्तको घटनास्थलमा मृत्यु भएको थियो।

घाइते अवस्थामा रहेका शिक्षक अजयको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा रहेका संगिन थारू र सञ्जय थारूको उपचार भइरहेको छ ।