Skip This
४८ घण्टाभित्र मुख्यमन्त्रीको पदबाट राजीनामा दिने केजरिवालको घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ भदौ ३१ सोमबार o९:o८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

४८ घण्टाभित्र मुख्यमन्त्रीको पदबाट राजीनामा दिने केजरिवालको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o९:o८:oo

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरिवालले ४८ घण्टाभित्र मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा गरेका हुन् । मदिरा बिक्रीमा अनियमितता गरेको आरोपमा जेलबाट धरौटीमा रिहा भएको दुई दिनपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाणपत्र हुने उनले बताए । 

आम आदमी पार्टी (आप)को कार्यालयमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री केजरिवालले भने, ‘म ४८ घण्टाभित्र मुख्यमन्त्री पदबाट राजीनामा दिन गइरहेको छु । जनताले आफ्नो फैसला नसुनाउन्जेलसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्नेछैन । म हरेक घर र गल्लीमा जान्छु, तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्नेछैन ।’ 

उनले अगाडि भने, ‘निर्वाचन केही महिनापछि हुन्छ । यदि तपाईंलाई केजरिवाल इमानदार लाग्छ भने मलाई भोट दिनुहोस्, लाग्दैन भने नदिनुहोस् । म चुनावबाट अनुमोदित भएपछि मात्र मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेछु । तपाईंको मत मेरो इमान्दारिताको प्रमाण हुनेछ ।’ 

केजरिवाल दुई दिनअघि जमानतमा रिहा भएका थिए । दिल्लीमा जनवरीमा निर्वाचन हुने बताइएको छ । तर, केजरिवालले तोकिएको मितिभन्दा पहिल्यै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने, आगामी फेब्रुअरीमा दिल्ली विधानसभा निर्वाचन हुने बताइएको छ । म महाराष्ट्रको चुनावसँगै नोभेम्बरमा चुनाव हुनुपर्ने माग गर्दछु ।’

निर्वाचन नहुन्जेलसम्मका लागि पार्टीबाट अर्को कोही व्यक्ति मुख्यमन्त्री बन्ने र यसका लागि आगामी दुई वा तीन दिनमा विधायकहरूको बैठक बस्नेछ र बैठकले अर्को मुख्यमन्त्रीको निर्णय गर्ने उनले बताए । केजरिवालले केन्द्र सरकारले भाजपाले चुनाव हारेका राज्यका मुख्यमन्त्रीविरुद्ध मुद्दा दायर गर्ने सूत्र अपनाएको आरोप पनि लगाए ।