Skip This
थिङ फिडे मास्टरका लागि योग्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ३१ सोमबार o९:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थिङ फिडे मास्टरका लागि योग्य

हंगेरीमा चलिरहेको ४५औँ चेस ओलम्पियाडमा नेपालबाट सहभागी विवेक थिङले १९.४ व्यक्तिगत रेटिङ थप्दै फिडे मास्टर बन्न आवेदन दिने पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o९:o४:oo

हंगेरीको बुडापेस्टमा चलिरहेको ४५औँ चेस ओलम्पियाडमा नेपालका एक मात्र खेलाडी विवेक थिङ फिडे मास्टर उपाधिका लागि योग्य बनेका छन् । सिएम खेलाडी थिङले ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचालमा आफ्नो व्यक्तिगत रेटिङ १९.४ थप्दै फिडे उपाधिका लागि दाबेदार दिएका हुन् । उनको अहिले २३०१.४ रेटिङ पुगेको छ । यो रेटिङ प्राप्त गरेपछि उनले विश्व बुद्धिचाल महासंघ (फिडे)मा फिडे मास्टरका लागि निवेदन दिन सक्छन् । 

यही निवदेनकै आधारमा उनले फिडेबाट फिडे मास्टर उपाधि लिन सक्छन् । नेपालमा मनीष हमालले पहिलो फिडे मास्टर उपाधि लिएका थिए । शूरवीर लामा, सुजेन्द्र श्रेष्ठ र विलमलाल श्रेष्ठले फिडे मास्टर उपाधि पाएका थिए । गत वर्ष सुजेन्द्रको निधन भएको थियो । ओलम्पिक रिङ एक्स्पो क्लासिकमा थिङले एकल अग्रता लिएका छन् । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा रेटिङ २२८२ प्राप्त थिङले चौथो चरणमा दोस्रो वरीयताका २२७८ रेटेड हंगेरियन अन्तर्राष्ट्रिय मास्टर टर्जु अटिलालाई हराए । नेपालका उच्च रेटेड खेलाडी थिङ शीर्ष वरीयतामा रहेका छन् । विश्वका ११ राष्ट्र सहभागी प्रतियोगितामा चौथो चरणसम्म २६ अन्तर्राष्ट्रिय खेलाडीले प्रतिस्पर्धामा गरिरहेका छन् । 

पाँचौँ चरणमा इटालीविरुद्ध खेल्ने
थिङले पहिलो चरणमा जर्मनीका हाहन निक्लास, दोस्रो चरणमा हंगेरीका बाकी बेन्स र तेस्रो चरणमा अर्का हंगेरियन २११९ रेटेड अन्तर्राष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई हराएका हुन् । उनले चौथो चरणसम्म अपराजित रही ४ अंक जोडेका छन् । 
३.५ अंकका साथ इटालीका ला बार्बेरा मानफ्रेडी दोस्रो स्थानमा छन् । अब थिङले पाँचौँ चरणमा ला बार्बेरासँग खेल्नेछन् ।

२१ सेप्टेम्बरसम्म चल्ने खेलमा थिङ अस्ट्रेलियाबाट हंगेरी पुगेका हुन् । यसअघि नेपाल बुद्धिचाल महासंघले असम्बन्धित सात व्यक्तिलाई समेत हंगेरीका लागि सिफारिस गरेपछि २१ मध्ये २० सदस्यीय नेपाली टोलीले भिसा पाउने सकेन । जसमा ९ खेलाडीले समेत भिसा नपाउँदा ओलम्पियाड खेल्नबाट वञ्चित भएका छन् ।