Skip This
मितेरी सहकारी प्रकरण : डेढ महिनापछि अनुसन्धान थालेको सिआइबी मुद्दा दर्ता गर्ने तयारीमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ३१ सोमबार o८:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मितेरी सहकारी प्रकरण : डेढ महिनापछि अनुसन्धान थालेको सिआइबी मुद्दा दर्ता गर्ने तयारीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o८:५o:oo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको रकम अपचलन प्रकरणको अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको सहकारी रकम हिनामिनामा मुद्दा दर्ता प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । 

मितेरीका तत्कालीन प्रबन्धक ज्योति गुरुङसहितले १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको भन्दै बागमती प्रदेश सहकारी रजिस्ट्रारले गत १४ साउनमै सिआइबीमा अनुसन्धानका लागि सिफारिस गरेको थियो । तर, सिआइबीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको थिएन । अहिले भने अनुसन्धान प्रक्रिया अघि बढेको, तर मुद्दा दर्ता भइनसकेको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । ‘मितेरी सहकारी सम्बन्धमा अनुसन्धान अघि बढेको छ । अहिले आवश्यक कागजात अध्ययन हुँदै छ । अनुसन्धानको निचोडपछि मुद्दा दर्ता प्रक्रिया अघि बढ्नेछ,’ उनले भने ।

एसपी होविन्द्र बोगटी, प्रवक्ता, सिआइबी
मितेरी सहकारी सम्बन्धमा अनुसन्धान अघि बढेको छ । अहिले आवश्यक कागजात अध्ययन हुँदै छ । अनुसन्धानको निचोडपछि मुद्दा दर्ता प्रक्रिया अघि बढ्नेछ ।

हिनामिना भएको रकम असुलीविना बचतकर्ताको रकम फिर्ता गर्न नसकिने निष्कर्षपछि मितेरीले गत साउनमा बागमती प्रदेशस्थित सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको थियो । उजुरीमा धनराजसहित ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको नाम उल्लेख थियो । तर, कार्यालयले धनराजको नाम काटेर ज्योति र उनीसँग सम्बन्धित अन्य पाँचजनाविरुद्ध मात्रै अनुसन्धान गर्न सिआइबीलाई सिफारिस गरेर पठाएको थियो । 

मितेरीसँग सहकारीको कुनै साइनो सम्बन्ध नभएको दाबी गर्दै कार्यालयले धनराजको नाम काटेर अनुसन्धानका लागि सिआइबीमा सिफारिस गरेको थियो । तर, धनराजले सम्बन्धविच्छेदपछि पनि ज्योतिलाई श्रीमतीकै हैसियत दिएर मितेरीबाट पटक–पटक ऋण झिकेका थिए । ऋण प्रवाह हुँदा मितेरीमा प्रबन्धक ज्योति थिइन् । ज्योतिसँग धनराजले २९ फागुन ०७६ मा सम्बन्धविच्छेद गरेका थिए ।