Skip This
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार o८:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o८:२२:oo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा चार रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच–पाँच रुपैयाँ मूल्य घटाएको हो ।

अब बजारमा पेट्रोल प्रतिलिटर एक सय ५९ र डिजेल–मट्टीतेल प्रतिलिटर एक सय ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि पेट्रोलको मूल्य एक सय ६३ रुपैयाँ र डिजेल–मट्टीतेलको मूल्य एक सय ५४ रुपैयाँ कायम रहेको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १५ सेप्टेम्बर (३० भदौ)मा पेट्रोल र डिजेलको नयाँ खरिद मूल्य घटेर आएको हुँदा निगम सञ्चालक समितिको बैठकले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।