Skip This
सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाललाई ३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार o७:४८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o७:४८:oo

सहकारीमा यति धेरै र ठुला अनियमितता किन बढेका होलान् ?
समुदायबाट सञ्चालित हुनुपर्ने सहकारीहरू बैंकजसरी चल्न थाले । अधिकांश यस्ता संस्था सहकारीको सिद्धान्तबाट विचलित छन् । बचत संकलन गर्नुपर्ने सहकारीले निक्षेप संकलन गर्छन् । अन्धाधुन्ध कार्य क्षेत्र विस्तार गरिएका छन् । डढेलधुरामा दर्ता भएको सहकारीले मेचीमा काम गरिरहेको अवस्थासमेत छ । यस्ता सहकारीमा राज्यको प्रभावकारी नियमन हुन सकेको छैन ।

अधिकांश सहकारी पारिवारिक एकाधिकारमा सञ्चालित छन् । गलत गर्दै छन् भन्ने थाहा हुँदाहुँदै पनि अधिकांशमाथि राजनीतिक संरक्षण छ । सीमित सहकारीचाहिँ नजानेर पनि समस्याग्रस्त भएका छन् । तर, अधिकांश सहकारीका सञ्चालकले चाहिँ नियत नै खराब राखेर काम गरेका छन् । जब नियत नै खराब छ भने त्यसबाट राम्रो परिणाम कसरी आओस् ?  

राज्यले किन प्रभावकारी नियमन गर्न नसकेको होला त ?
हामीकहाँ बैंकहरूलाई नियमन गर्न शक्तिशाली निकाय राष्ट्र बैंक छ । तर, सहकारी नियमन गर्न प्रभावकारी निकाय नै छैन । यसमा राज्यको उदासीनता पनि जिम्मेवार छ । राज्यले सहकारीलाई प्राथमिकताामा राखेकै छैन । प्राथमिकतामा राखेको भए भरपर्दो संरचना नै नभएको पालिकाको जिम्मामा सहकारीलाई छाड्ने थिएन । भएकै कानुन कार्यान्वयन पनि प्रभावकारी छैन । 

समस्याग्रस्त सहकारीमा फसेको सर्वसाधारणको रकम फिर्ता कसरी हुन सक्ला ?
राज्यमा बलियो इच्छाशक्ति भयो भने यो असम्भव छैन । उसले विभिन्न उपाय लगाएर सहकारीमा फसेको सर्वसाधारणको रकम फिर्ता गर्न सक्छ । उसले कर्जा लानेहरूबाट विभिन्न उपाय लगाएर रकम उठाउन सक्छ । यसका लागि उसले प्रस्ट र ठोस रणनीति भने ल्याउनुपर्छ ।