Skip This
एनएसआरए स्क्वास च्याम्पियनसिप : इलाइट र नेसनललाई उपाधि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार १७:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनएसआरए स्क्वास च्याम्पियनसिप : इलाइट र नेसनललाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १७:३४:oo

नेपाली राष्ट्रिय खेलाडीहरू सम्मिलित एनएसआरए इलाइट र एनएसआरए नेसनल टिमले तेस्रो एनएसआरए अन्तरक्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सिप २०२४ मा उपाधि जितेका छन्। एनएसआरए इलाइट पुरुष र एनएसआरए नेसनल महिला टिममा च्याम्पियन बनेका हुन्।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास कोर्टमा शनिबार राति भएको फाइनलमा एनएसआरए इलाइटले बंगलादेशको बंगला टिम ‘ए’लाई ३–० ले हरायो। एनएसआरए इलाइटका अरहन्तले सहदात हुसेनलाई ११–६, ६–११, ११–६ र ११–२, अमिर ब्लोनले अल अहमदु अपनलाई ११–१, ११–६ र ११–६ तथा दीपक थापाले कर्मल हुसेनलाई ११–९, ८–११, ११–८ र ११–७ ले हराए। सो इभेन्टमा बंगला बी र एनएसआरए रैजर संयुक्त रूपमा तेस्रो भए।

यसैगरी, महिला टिममा विपना ब्लोन, स्वास्थानी श्रेष्ठ र कृष्णा थापा सम्मिलित एनएसआरए नेसनल महिला टिम च्याम्पियन बन्यो। महिलातर्फ बंगलादेशकै टिम उपविजेता बन्यो। एनएसआरए जुनियर र गण्डकीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे।