Skip This
कांग्रेस नेता गुरुराज घिमिरेलाई तीन प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १८ मंगलबार o८:५५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस नेता गुरुराज घिमिरेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार o८:५५:oo

गठबन्धनबारे केन्द्रीय समितिको निर्णयलाई कसरी हेर्नुभएको छ ?
विगतमा गठबन्धनबारे हाम्रो तितो अनुभव छ । यसबाट हामीलाई राजनीतिक लाभ भएन । गठबन्धनबाट कांग्रेसको मौलिक चरित्र रहेन, वैचारिक, दार्शनिक धरातल सबैबाट च्युत हुने काम भयो । क्षणिक लाभको मात्र विषय फरक रह्यो । दूरगामी रूपबाट कांग्रेसलाई नाफाभन्दा घाटा नै बढी भयो । यसले गर्दा कांग्रेस आफ्नो राजनीतिक मार्गबाट च्युत भयो भन्ने आवाज सर्वत्र उठ्यो । पार्टीमा प्रचण्ड बहुमतको गठबन्धन गर्नुहुँदैन भन्ने म्यान्डेट थियो । यही अनुभवका आधारमा त्यसलाई केन्द्रीय समितिको निर्णयबाट कायम राख्ने काम भयो, त्यो सकारात्मक हो ।

यस निर्णयपछि अब कांग्रेसले गठबन्धन नै गर्दैैन भनेर बुझ्ने हो ?
भविष्यको विषय त अहिले ठ्याक्कै भन्न सकिँदैन, त्यसमा आशंका चाहिँ छ, भोलि के होला भनेर । तर, हामीले जे प्रतिबद्धता ग¥यौँ, त्यसैलाई हामीले मान्ने हो । त्यो नीति कायम रहेसम्म त त्यसलाई मानेर जानुबाहेकको विकल्प कांग्रेससित छैन ।

यसबारे संस्थापनमा तत्कालीन रणनीति र संस्थापन इतरमा गठबन्धन नगर्ने भन्ने बुझाइ देखिन्छ नि ?
हामीले केन्द्रीय समितिको निर्णयमा जे लेखेका छौँ, त्यसैलाई बुझ्ने हो । त्यसलाई रणनीतिक भन्ने भन्दा पनि गठबन्धन नगर्ने नीति बन्यो भनेर बुझ्ने हो । कांग्रेसलाई अब निर्वाचनअघिको गठबन्धनको कुनै सरोकार छैन । राजनीतिमा अपवादका केही स्थान हुन्छन् । त्यसबाहेक कांग्रेसले गठबन्धनको नीतिलाई अख्तियार गर्नै हुँदैन । यो कांग्रेसका लागि दूरगामी रूपमा हानिकारक हुन्छ । यसबाट कांग्रेसले आफूलाई अलग्ग राख्नुपर्छ । यसमा आशंका गरेर हुँदैन । जे नीति बन्यो, किन्तु, परन्तु नभनी यसैलाई अगाडि बढाएर जानुपर्छ ।