१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
रासस इलाम
२o८१ भदौ १० सोमबार १४:४९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

लिम्बू जातिको लिपि ‘किराँत सिरिजंगा वर्णमाला’ सार्वजनिक

Read Time : < 1 मिनेट
रासस, इलाम
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १४:४९:oo

आदिवासी लिम्बू जातिको लिपि ‘किराँत सिरिजंगा वर्णमाला’ सार्वजनिक गरिएको छ। याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला सोमबार सार्वजनिक गरिएको हो।

याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिंगाे, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङहाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोंमी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङदेम्बेलगायतले संयुक्त रूपमा वर्णमाला सार्वजनिक गरेका हुन्।

वर्णमाला सार्वजनिक हुनु लिम्बू समुदायका लागि नयाँ इतिहास निर्माण भएको मञ्चका अध्यक्ष राजेन्द्र इधिंगाेले बताए। ‘किराँत सिरिजंगा लिपिको उन्नयन र विकासका लागि हामीले पहिलोपटक वर्णमाला तयार गरेका छौँ,’ अध्यक्ष इधिंगाेले भने, ‘हामीले भाषा र लिपि संरक्षणमा नयाँ इतिहास रचेका छौँ।’