१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १२ शनिबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ  ः विश्वप्रकाश शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १४:२९:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले शनिबार जोरपाटीमा आयोजना गरेको २७औँ साधारणसभामा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको बताए ।

उनले  इमानदारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्छ भने। उनले अनियमितामा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

‘जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन,’ महामन्त्री शर्माले भने। 

संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरे पनि व्यववहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए।