मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Wednesday, 12 February, 2025
२o८१ श्रावण ७ सोमबार २o:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ढलमा पोलियो भाइरस देखिएपछि काठमाडौं महानगरले विशेष खोप अभियान सुरु गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार २o:११:oo

काठमाडौं महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरु गर्ने भएको छ।

ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही ९ साउनदेखि विशेष पोलियो खोप अभियान सुरु गर्ने भएको हो। यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ। 
    
महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घर-घरमा गएर पोलियो थोपा खुवाउनेछ। 

पोलियो खोप ६, १० र १४ हप्ता गरी तीनपटक मुखबाट (ओरल पोलियो भ्याक्सिन) खुवाइन्छ। यस्तै, १४ हप्ता र नौ महिनाको उमेरमा सुईबाट पोलियो खोप दिइन्छ। 

राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौं महानगरपालिकाभित्र दुई लाख ३८ हजार नौ सय ६६ घर छन्। यी घरहरूमा पाँच वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको महानगरको अनुमान छ।

विभागको तथ्यांकमा वडागत रूपमा हेर्दा सबैभन्दा धेरै वडा नम्बर ६ मा ६ हजार १२ जना बालबालिका छन् भने सबैभन्दा कम वडा नम्बर १ मा चार सय ६२ जना छन्। 

जनस्वास्थ्य निरीक्षक श्रेष्ठले नेपालमा सन् २०१० पछि व्यक्तिमा पोलियोको भाइरस नदेखिए पनि उपत्यकाका केही स्थानका ढलमा पोलियो भाइरस देखिएपछि खोप लगाउन थालिएको बताए। 

श्रेष्ठ भने, ‘पोलियो उन्मूलन रणनीतिअनुरूप सन् २०१७ देखि वातावरणीय निगरानी भइरहेको थियो। उपत्यकाका विभिन्न पाँच ठाउँको ढलबाट महिनाको दुईपटक नमुना लिएर पोलियोको भाइरस भए नभएको हेर्ने गरिन्थ्यो। 

यही क्रममा सन् २०२४ (२०८१ जेठ १३ गते) काठमाडौंको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको  पानी) मा लिइएको नमुनामा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो। 

यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो। प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो। तर, सोही ठाउँमा जेठ २२ गते फेरि लिइएको नमुनामा भने भाइरस नदेखिएकाले यसबारे अध्ययन भइरहेको उनले जानकारी दिए। 

वातावरणीय निगरानीका लागि काठमाडौं उपत्यकाबाहिर विराटनगर, जनकपुर र पोखराका एक–एक ठाउँबाट महिनाको एकपटक नमुना लिने गरिएको छ। (रासस)