मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Friday, 14 August, 2026
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३१ सोमबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको पहिलो निर्णय– तीन सय दिनभित्र त्रिवि मैदानमा सुविधासम्पन्न संरचना बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार १८:५२:oo

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई तीन सय दिनभित्र सुविधासम्पन्न बनाउने निर्णय गरेका छन्। सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले आफ्नो पहिलो निर्णयबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीको सामाजिक संजालमा लेखिएको छ, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला ! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नका लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।’