Skip This
किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै लेखा अधिकृत घिमिरे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार १६:o६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै लेखा अधिकृत घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १६:o६:oo

लमजुङको दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्रराज घिमिरेको व्यस्तता अरूको भन्दा बढी छ। राइनास नगरपालिका–१ साहिँलीटारका घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्। उनलाई यतिवेला पितृशोक परेको छ। आर्थिक वर्षको अन्तिम समय भएकाले कार्यालयको कामकारबाही र नागरिकको सेवामा समस्या नपरोस् भनेर घिमिरे किरिया बसेकै कोठाबाट कार्यालयका काम गरिरहेका छन्।

बुबाको किरियामा रहे पनि उनले कार्यालयको काम छोडेका छैनन्। लेखा अधिकृतको पदीय जिम्मेवारीका कारण किरिया बसेको कोठाबाटै कार्यालयको काम गरिरहेको घिमिरे बताउँछन्। उनले भने, ‘जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर घरबाटै भए पनि नियमित रूपमा कार्यालयको काम गरिरहेको छु।’

किरियामा बसेका घिमिरेलाई गाउँपालिकाको कार्यालयले घरमै आवश्यक फाइलहरू लगिदिएको छ। ती फाइल र बिलभर्पाईहरू हेरेर उनले घरबाटै काम  गरिरहेका गाउँपालिकाले जनाएको छ। दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले लेखा अधिकृत किरियामा रहे पनि सम्पादन गर्नुपर्ने काम घरबाटै गरिरहेका र कुनै पनि काम नरोकिएको जानकारी दिए।

सरकारी नियमअनुसार पिताको किरियाका लागि १५ दिनको बिदा पाइन्छ। यो बिदामा काम गर्न पर्दैन। तर, आर्थिक वर्षको समाप्तिका वेला काम नगर्दा कार्यालयबाट हुनुपर्ने भुक्तानी रोकिएर समस्या आउन सक्ने भएकाले घरबाटै भए पनि कार्यालयको काम गरेको घिमिरे बताउँछन्। 

यही असार १९ गते उनका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो। उनले भने, ‘बुबाको यही १९ गते निधन भयो, आमाको पाँच महिनाअघि हृदयाघातका कारण मृत्यु भइसकेको छ। पीडा त छ, तर आर्थिक वर्षको अन्तिमतिर भएकाले गाउँपालिकाको काम रोक्नु पनि त भएन।’ बुबाको निधन भएको भोलिपल्टदेखि नै उनी कार्यालयको काम गरिरहेका छन्। ‘पालिकामा लेखापाल पद रिक्त छ, त्यसैले लेखाको काम म एक्लैले गर्नुपर्ने बाध्यता छ,’ लेखा अधिकृत घिमिरेले भने।