Skip This
तटबन्ध भत्काएर गाउँ पस्यो चौधर नदी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार २४ सोमबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तटबन्ध भत्काएर गाउँ पस्यो चौधर नदी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १२:३३:oo

कञ्चनपुर जिल्लाकै ठूलो चौधर नदी तटबन्ध भत्काएर गाउँ पसेको छ। चार दिनदेखिको लगातारको भारी वर्षाका कारण बहाव बढेको चौधर नदी तटबन्ध भत्काएर बेलडाँडी गाउँपालिका– ५ इमलिया गाउँ पसेको हो।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार महाकाली सिँचाइको तटबन्ध भत्काएर चौधर नदी गाउँ पसेको हो। नदी गाउँ पसेपछि सयौँ परिवार स्थानीय गणेश माविमा आश्रय लिएर बसेका छन्।

उक्त क्षेत्रमा अहिले गाउँपालिका र सुरक्षा  निकायले एक्स्काभेटरसहित बाँध भर्दै नदीलाई गाउँ पस्नबाट रोकिरहेका छन्।

यसअघि आइतबार चौधर नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएका युवक अझै फेला परेका छैनन्। माछा मार्नका लागि नदीपारि गएका बेलडाँडी गाउँपालिका– ३ वैवाहका २३ वर्षीय डम्बर चौधरी अझै बेपत्ता रहेकाे प्रहरीले जनाएको छ।