Skip This
झर्नाखोला उर्लिएपछि तटीय क्षेत्रका जनता डुबानमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार २४ सोमबार ११:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झर्नाखोला उर्लिएपछि तटीय क्षेत्रका जनता डुबानमा 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार ११:५७:oo

कञ्चनपुरको दक्षिणी क्षेत्र भएर बग्ने झर्नाखोलामा बाढी आउँदा आसपासका जनता डुबानमा परेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलौरी नगरपालिका– ९ र बेलडाँडी गाउँपालिका– १ भएर बग्ने झर्नाखोला उर्लिएको छ। 

गएरातिदेखि झर्नाखोलामा आएको बाढीले बेलडाँडी र बेलौरीका दर्जनौँ घरपरिवार डुबानमा परेका छन्। झर्नासागरकी स्थानीय अगुवा कलावती जोशीले खोलामा बाढी आएपछि केही विस्थापित सरस्वती मावि विद्यालयमा बसेको बताइन्। 

‘यो खोला यस वर्ष पनि उर्लिएर आएको छ,’ उनले भनिन्, ‘खोलाबाट विस्थापित भएका ८–१० परिवार सुरक्षित स्थानमा सरिसकेका छन् ।’ खोलामा आएको बाढीले पुल, तटबन्धमा समेत क्षति गरेको छ। स्थानीयले हेडटु टेलसम्म तटबन्ध र ठाउँठाउँमा पक्की पुल निर्माणका लागि माग गर्दै आए पनि तीन सरकारले बेवास्ता राख्दा खोलाले बर्सेनि उर्वरा जमिन कटानी गर्दै आएको छ । वर्षा नरोकिएपछि तटीय क्षेत्रका जनता त्रसित भएका छन् ।