Skip This
‘प्रवासीको देश हुन्न’ लिएर आए पंचम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार १७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
साहित्य डिजिटल संस्करण

‘प्रवासीको देश हुन्न’ लिएर आए पंचम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १७:२८:oo

आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण भएको छ। राजधानीमा एक कार्यक्रमबीच आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृति लोकार्पण गरेका हुन्।

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे। उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामर्थ्य हो।’

त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने, तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए। ‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ,’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको छ।’

त्यसैगरी, समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन्। ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अति यथार्थवाद र जादुयी यथार्थवाद तथा अधिआख्यानको प्रयोग सफल छ।’

यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ। ‘प्रवासीको देश हुन्न’संग्रहमा १४ वटा कथा समावेश छन्। शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ।

ad
ad
ad
ad