Skip This
कूटनीतिक नियोगलाई बलियो बनाऔँ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कूटनीतिक नियोगलाई बलियो बनाऔँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o८:३१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश जाने नेपालीको संख्या बढे पनि त्यसअनुसार कूटनीतिक नियोगलाई बलियो बनाउन नसकिएको बताएका छन् । उनले परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोगहरूको संरचना तथा जनशक्ति व्यवस्थापनका विषयमा गृहकार्य गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । 

हाल नेपालको एक सय ८२ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ भने ३३ दूतावास, तीन संयुक्त राष्ट्रसंघीय स्थायी नियोग र ६ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा नेपाली कूटनीतिक कार्यालय छन् । नेपालीको बढ्दो संख्यालाई ध्यानमा राखेर सरकारले पछिल्लोपटक पोर्चुगलमा दूतावास स्थापना गर्ने निर्णय भए पनि दूतावास स्थापना भइसकेको छैन । विदेशका कूटनीतिक कार्यालयमा करिब एक सय ४० नेपाली कार्यरत छन् ।

‘विदेश जाने नेपालीको संख्या बढ्दै छ । तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन,’ बुधबार परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी बैठकमा प्रचण्डले भने । बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, अर्थमन्त्री वर्षमान पुन, अर्थसचिव मधुकुमार मरासिनी, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी थिए । प्रधानमन्त्रीले पुरानो दरबन्दी बदलेर संगठन र व्यवस्थापन सुदृढ गर्न आग्रह गरेका थिए । ‘विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ । सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ,’ प्रधानमन्त्रीको भनाइ थियो । उनले विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएकोमा पनि जोड दिए । 

परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रियताको सवाल कूटनीतिमा अभिव्यक्त भएको बताउँदै नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सबलीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

ad
ad
ad
ad