Skip This
भ्रष्टाचार मुद्दामा सिँचाइ विभागका महानिर्देशक राजभण्डारीलाई सफाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार २१:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा सिँचाइ विभागका महानिर्देशक राजभण्डारीलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार २१:५७:oo

विशेष अदालतले सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई सफाइ दिएको छ। उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा थियो। 

उनलाई विशेषले सोमबार सफाइ दिएको हो। उनले तीन करोड ८५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन गरेको भनी मुद्दा दायर भएको थियो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ४ असारमा दायर मुद्दामा उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती दीपा श्रेष्ठका नाममा राखेको भन्दै मुद्दा दायर गरेको थियो। यस मुद्दामा दुवैजनाले सफाइ पाएका हुन्।