Skip This
रविन र लालु अन्तिम दुईमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रविन र लालु अन्तिम दुईमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o८:२७:oo

आरडिएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको प्रतियोगिताको महिला ४८ केजीमा रमिशाले नक्सालकी सुष्मा तामाङलाई हराइन् ।

आरतीले जेन एक्सकी सुस्मिता श्रेष्ठलाई पाखा लगाइन् । नेपाल बक्सिङ महासंघको आयोजनामा भएको प्रतियोगिताको महिला ५० केजीमा बक्समान्डुकी पूर्णिमा तामाङले कर्णालीकी टीका थापालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन् ।

पुरुष ६७ केजीमा आर्मीका लालु आलेमगरले कैलालीका सिर्जन विकलाई पाखा लगाउँदै अन्तिम दुईमा स्थान पक्का गरेका छन् । पुरुष ९२ केजीमा एपिएफका रविन नेपालले केवाइबिसीका रशिब जारीलाई पन्छ्याउँदै फाइनलमा पुगे ।

ad
ad
ad
ad