१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार १४:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्रै उत्तीर्ण, सात विद्यालय निल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १४:२२:oo

दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। पालिकाका आठ माविका २५० विद्यार्थीले एसइई परीक्षा दिएकामा साधारण नमुना माध्यमिक विद्यालय गंगदीका गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन्। उनले ‘बी प्लस’ ग्रेड ल्याएका छन्। सोही विद्यालयबाट ८५ जनाले परीक्षा दिएका थिए।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार पालिकाबाट जनज्योति मावि बेलाबाट ५६, शंकरमावि खरदरियाका ४५, माध्यमिक विद्यालय दुलैयाका नौ र बाल कल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई दिएका थिए। 

त्यस्तै, माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशंकर मावि भैसाहीनाकाबाट नौ, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसइई दिएका थिए। यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ।

ad
ad
ad
ad