१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रेमिकाको हत्या गरी फरार चौधरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार ११:५९:oo

प्रेमिकाको हत्या गरी फरार भएका एक अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजापुर नगरपालिका- ८, बर्दियाका २६ वर्षीय शैलेन्द्र चौधरी रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत बाँकेको जानकी गाउँपालिका- १ पचपोखराबाट पक्राउ गरिएको उनले बताए।

चौधरीले २९ वैशाख ०८० मा नेपालगन्ज उपमहानगरपालिका ९ स्थित कोठा भाडामा लिएर बस्दै आएकी कोहलपुर नगरपालिका- ६ की २२ वर्षीय सुमदरानी थारूको घाँटी रेटेर फरार भएको आरोप लागेको छ।

पक्राउ परेका चौधरीको बारेमा थप अनुसन्धान गर्न बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ। 
 

ad
ad
ad
ad