१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १४ शुक्रबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
साहित्य डिजिटल संस्करण

प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १६:२३:oo

नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ लोकार्पण गरिएको छ।

नेपाल श्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्राडा लक्ष्मण गौतम, कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, पत्रकार तथा निबन्धकार दीपक सापकोटा, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारी, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारीलगायतले उक्त कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि क्याप्टेन थापाले पुस्तकबारे संक्षेपमा चर्चा गर्दै सापकोटालाई शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति रहेको उल्लेख गर्दै पाठकलाई आफूसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता रहेको बताइन्। द्वन्द्वकालीन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषय  पुस्तकमा आएका उनको बताइन्।

अर्का वरिष्ठ नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरूबारे चर्चा गर्दै नियात्रामा सापकोटाको भविष्य रहेको बताए।

नियात्राकारले कृतिको रचना गर्भबारे आफ्ना अनुभूतिहरू राखेका थिए । विगतको सशस्त्र द्वन्द्वकालीन नेपाली समाजमा यात्राका क्रममा देखे–भोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ। कथा पढेको भान पर्छ । कतिपय यात्राहरू शृंखलामा बगेका छन्।

नियात्रा तथा समीक्षा लेखनमा सक्रिय सापकोटाका यसअघि ‘यात्राका इन्द्रेणी रंग’ (नियात्रासंग्रह) र ‘मनको वारपार’ (मुक्तकसंग्रह) प्रकाशित भइसकेका छन्।

ad
ad
ad
ad