१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १८:११:oo

काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा आज आइतबारदेखि नाटक ‘पूर्णविराम’काे मञ्चन सुरु भएकाे छ।

कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका नाटकमा बढ्दो पर्यावरणीय परिवर्तन, विज्ञानको दुरुपयोगजस्ता विषयलाई गम्भीर रूपमा उठान गरिएको छ।

आरुष मगरले परिकल्पना तथा निर्देशन गरेको नाटकमा रिनेक्स बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारू, भूमिका थारू, विध्यक तिलक, वसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापामगर, निरबहादुर खपांगी, सुरज पराजुली, शू गूँः, सुदीश थापामगर, सुजन परियारलगायतको अभिनय रहेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को समेत सहयोग रहेको नाटकको मञ्च तथा पोस्टर रसिक राजले तयार गरेका हुन्।

असार २९ गतेसम्म मञ्चन हुने नाटक ‘पूर्णविराम’ बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे तथा शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ।

ad
ad
ad
ad