१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार १८ मंगलबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वीरगन्जमा स्व. गिरिजाप्रसादको सालिक पुनः अनावरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १७:५६:oo

मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सालिक मंगलबार पुनः अनावरण गरिएको छ।

वीरगन्ज महानगरपालिका– २ छपकैयाको इदगाह चोकमा नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका स्व. कोइरालाको १०१औँ जन्मजयन्तीका अवसरमा मंगलबार कांग्रेस नेता शेखर कोइरालाले पुननिर्मित सालिक अनावरण गरेका हुन्।

जिपी फाउन्डेसनले ०७२ असार १८ गते स्थापना गरेको स्व. कोइरालाको सालिक मधेश आन्दोलनका क्रममा २०७२ भदौ १५ गते आन्दोलनकारीले तोडफोड गरेका थिए।

फाउन्डेसनका मधेश प्रदेश अध्यक्ष महम्मद शाहबुद्धिनका अनुसार मधेश प्रदेश सरकारबाट प्राप्त बजेटमा पित्तललगायतका धातुबाट निर्मित करिब ६ फिट उचाइको सालिक काठमाडौंबाट ल्याइएको हो।

प्रदेश सरकारबाट १६ लाख रुपैयाँ प्राप्त भएकोमा ११ लाख रुपैयाँमा सालिक खरिद गरिएको र बाँकी ५ लाख रुपैयाँ सालिक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको उनले बताए।

ad
ad
ad
ad