१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
२o८१ असार १८ मंगलबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

सन्दीप लामिछानेलाई भरतपुरमा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १७:४१:oo

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिका र चितवन जिल्ला क्रिकेट संघले छुट्टाछुट्टै रूपमा सम्मान गरेका छन्।

मंगलबार महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रूपमा नगद रु. एक लाखसहित उनलाई सम्मान गरेका हुन्।

आजै चितवन जिल्ला क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिले पनि लामिछानेलाई एक लाखसहित सम्मान गरे। संघका सचिव सुरज ज्ञवालीले क्रिकेटमा लामिछानेले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको बताए।

चितवनका लामिछानेले सन् २०१४ देखि क्रिकेट खेल्न थालेका हुन्। उनले चितवनको क्याम्पाचौरबाट क्रिकेट खेल्न सुरु गरेका थिए।

ad
ad
ad
ad