१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार १६ आइतबार १८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

महाकाली नदीमा डुबेर मजदुर बेपत्ता

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १८:३९:oo

महाकाली नदीमा डुबेर एक मजदुर बेपत्ता भएका छन्। आइतबार दिउँसो कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ ऐरी क्षेत्रको महाकाली नदीमा डुबेर मजदुर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले निर्माणाधीन महाकाली चारलेनको पुलमा काम गर्दै आएका मजदुर बेपत्ता भएको बताए। उनका अनुसार सुर्खेत बराहताल गाउँपालिका– ४ साँझघाटका ४५ वर्षीय धनबहादुर गुरुङ बेपत्ता भएका हुन्।

गुरुङको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले महाकालीमा बेपत्ता गुरुङको खोजीकार्य गरिरहेको छ। आइतबारदेखि महाकाली नदीको सतह वृद्धि भएको छ।

ad
ad
ad
ad