१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

सरोज र सन्ध्या बने मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १७:५९:oo

‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ को उपाधि क्रमशः सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन्। शुक्रबार काठमाडौंमा भएको फिनालेमार्फत उनीहरूले उपाधि चुमेका हुन्।

मिस विश्वकर्मा इन्टरकन्टिनेन्टलतर्फ जेसिका घिमिरे फर्स्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने मिस्टर विश्वकर्मा इन्टरकन्टिनेन्टलतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फर्स्ट र सेकेन्ड रनरअप घोषित भए।

मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनाले चर्चित मोडल तथा कोरियोग्राफर दिक्पाल कार्कीले होस्ट गरेका थिए। त्यस्तै, अलिशा गहतराजले पनि कोरियोग्राफीमा सघाएकी थिइन्। 

प्रतियोगितामा काठमाडौं, इटहरी, धादिङ, बुटवल, पोखरा, चितवनलगायत विभिन्न जिल्लाका २५ प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए। प्रतियोगितामा चार प्रदेशबाट ‘मिस्टर एन्ड मिस विश्वकर्मा’काे उपाधि जितेका चार–चार महिला पुरुष सहभागी थिए।

विजेताहरूलाई ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो। त्यस्तै, बी एन्ड सी कम्पनी दुबईले विजेतालाई सात दिनको दुबई भ्रमण गराउने घोषणा गरेको छ।

कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्षसमेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायका युवाहरूका लागि मञ्च निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए।

ad
ad
ad
ad