१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
रासस काठमाडौं
२o८१ असार १६ आइतबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको अर्थमन्त्रीको दाबी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १८:५३:oo

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताए।

मन्त्री पुनले वित्त आयोगको सिफारिसका आधारमा खर्च परिचालन तथा ऋण व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै विकास सहायता कार्यक्रम सम्झौता गर्दा कार्यान्वयनसम्बन्धी योजनासँगै समावेश गर्ने नीति लिइएको स्पष्ट पारे।

उनले राजस्व परिचालनबाट मात्रै खर्च व्यवस्थापन गर्न नसकिएकाले आन्तरिक र बाह्य ऋण लिनुपरेको उल्लेख गर्दै सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै रहेको बताए। उनले नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराए।

अर्थमन्त्रीले सभामा प्रस्तुत गरेका उक्त विधेयक बहुमतले पारित भएको छ। उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए।

ad
ad
ad
ad