१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार १८:१२:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

विज्ञान संकायलाई विद्यार्थीको रोजाइमा ग्लोबल कलेज

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १८:१२:oo

धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट। तर, कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ। करिअर काउन्सिलिङ नपाउँदा अधिकांश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ।

अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? अहिले आएर भने विश्व बजारमा प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै जागरुक भएको पाइन्छ।

एसइई उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना आदिका विषयमा जानकारी दिने उद्देश्यले यो सामग्री तयार पारिएको हो। जसका लागि हामीले छनोट गरेका छौँ, ग्लोबल स्कुल अफ साइन्स। सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले केही वर्षदेखि विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किरहेको छ।

ग्लोबल स्कुल अफ साइन्स नै किन ?
एसइईमा राम्रो जिपिए आएको छ र विज्ञान पढ्ने रुचि छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ। सन् २०१९ मा स्थापना भएको यो कलेजले स्थापनाको छोटो समयमा नै मेडिकल, इन्जिनियरिङ र आइटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ। 
गेटबाट भित्र प्रवेश गर्नेबित्तिकै निकै ठूलो कम्पाउन्ड, दायाँतिर फुटसल र बास्केटबलमा रमाइरहेका विद्यार्थी, नजिकै बोटबिरुवाले सजाइएका गमलाको लस्कर पार गर्दै जाँदा कुनै स्टार होटेलमा पस्दै गरेको अनुभूति दिलाउने।

अत्याधुनिक कक्षा कोठामा विद्यार्थीहरूले निर्धक्क आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्छन्। कक्षा कोठामा स्मार्ट बोर्डहरू जडान गरिएका छन्। जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउँछन्।

ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षासमेत सञ्चालन हुन्छ। मेडिकल र इन्जिनियरिङ क्षेत्रलाई आफ्नो लक्ष्य बनाएका विद्यार्थीका लागि यो अत्यन्तै उपयोगीसिद्ध भइसकेको छ।

ग्लोबल स्कुल अफ साइन्समा विद्यार्थी भर्ना भएपछि उनीहरूको दुईवर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका प्रोग्राम डाइरेक्टर गोकुलदेव बडू बताउँछन्। उनका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा देशभरिबाट ४७ जनाले ४ जिपिए ल्याएकोमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना थिए। यो निकै ठूलो उपलब्धि हो।

मूलभूत रूपमा धेरै साइन्स कलेजको गहन अध्ययनपछि खोलिएकाले यो कलेज अरू साइन्स कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो।

ग्लोबल स्कुल अफ साइन्सले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभरि अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रूपमा सञ्चालन गर्छ र हरेक बुधबार यसको नतिजा आउँछ। नतिजा उनीहरूका अभिभावकलाई समेत दिइन्छ।

यसरी एक महिनासम्म चारपटक नियमित परीक्षा लिएपछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ? पढाएको बुझ्छ वा बुझ्दैन? पढाइलेखाइको स्तर कस्तो छ ? भन्ने जानकारी हुन्छ। महिनाको अन्त्यमा हरेक अभिभावकलाई महिनामा कति परीक्षा भए? कति अंक ल्याएको छ? कलेजमा कति दिन उपस्थित भएको छ? विद्यार्थीको व्यवहार कस्तो छ? गृहकार्य समयमा गरेको छ कि छैन? जस्ता कुराहरू रिपोर्ट बनाएर अभिभावकलाई दिइन्छ।

यसबाट विद्यार्थीहरूको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्छ। उनीहरूले नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा गएर अनिवार्य रूपमा अतिरिक्त कक्षा लिनुपर्छ र जब तीन महिनाको टर्मिनल एक्जाममा राम्रो नतिजा निकाल्न सक्छन्, त्यसपछि त्यो कक्षाबाट ‘रिलिज’ गरिन्छ र जसको कमजोर नतिजा छ, उसलाई त्यहाँ राखिन्छ। यसरी निरन्तरको प्रयासबाट सबै विद्यार्थीको शतप्रतिशत नतिजा आइरहेको छ।

ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थी मात्रै नभएर शिक्षकको पनि रोजाइको स्कुल बनेको छ। यहाँ ४० जना पूर्णकालीन, ३० जना आंशिक शिक्षक र २० जना कर्मचारी छन्। जो जति वेला पनि विद्यार्थीका समस्या हल गर्न उपस्थित हुन्छन्। पूर्णकालीन शिक्षकहरू बिहानैदेखि स्कुलमा उपलब्ध हुने भएकाले कमजोर विद्यार्थी र कक्षामा नियमित पढाइका क्रममा नबुझेका तथा सामूहिक छलफलमा आफूले नजानेको कुरा प्रस्टसँग राख्न नसक्ने विद्यार्थीले पनि यो समयमा आएर अतिरिक्त कक्षा लिन वा शिक्षकसँग व्यक्तिगत रूपमा भेटेर समस्या समाधान निकाल्न सक्छन्। जुन कक्षाको अतिरिक्त शुल्क लाग्दैन।

सबैभन्दा राम्रो पक्ष भनेको यहाँका शिक्षकले विद्यार्थीलाई ‘फोर्सफुल्ली’ भन्दा पनि विषयवस्तुबारे ‘मोटिभेट’ गरेर अध्यापन गराउने भएकाले अहिलेसम्म यो स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। यहाँको सबैभन्दा राम्रो पक्ष भनेकै कलेजमा कुनै पनि विद्यार्थी भर्ना भइसकेपछि उसको पढाइको सम्पूर्ण जिम्मा कलेजले नै लिन्छ। यसमा कुनै पनि बहानामा अभिभावकलाई थप भार पर्ने गरी ट्युसन पढाउन लगाउने, अतिरिक्त कक्षाको व्यवस्था गराउनेजस्ता काम गर्दैन।

शिक्षकहरूको सेवा, सुविधा, सम्मान, प्रतिष्ठासँगै समयानुकूल तालिमहरूको समेत व्यवस्था भएकाले यो स्कुल हरेक शिक्षक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ।

यहाँको सबैभन्दा बलियो पक्ष भनेको कुनै अभिभावकले आफ्नो एउटा छोराछोरीलाई यहाँ पढाए भने अर्को छोराछोरी पनि यही पढाउन चाहन्छन्। यो अभिभावकको कलेजप्रतिको विश्वास हो।

सुविधासम्पन्न संरचना र भविष्यमुखी शिक्षा
एसइईपछिको शिक्षा विद्यार्थीहरूको भविष्यसँग सीधा सम्बन्धित हुन्छ। त्यसैले यो भविष्यको जग बसाल्ने शैक्षिक तह पनि हो। यो स्टेजमा गएर कसैको पढाइ कमजोर भयो भने उसको सिंगो करिअरमा नै क्षति पुग्न सक्छ।

ग्लोबल स्कुल अफ साइन्स यो कुराप्रति सचेत छ। यहाँको भवनबाहिर भव्य मात्रै होइन, भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ। यहाँको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाइ क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन्। पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैँ खुला हुन्छ। शनिबार पनि यहाँ पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ।

हरेक कक्षामा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरूलाई तत्कालै स्मार्टबोर्डबाट प्राक्टिकल रूपमा हेर्न पाइन्छ। जस्तो मानव शरीरका अंगहरूबारे पढाइ भइरहेको छ भने शिक्षक वा विद्यार्थीले हातले चित्र बनाएर देखाइरहनुपर्दैन। स्मार्टबोर्डमा आफूले अध्ययन गरिरहेको र जान्न मन लागेको विषय तत्कालै हेर्न सकिन्छ। जसबाट विद्यार्थीको पढाइ सैद्धान्तिक मात्रै नभएर विषयवस्तुबारे व्यावहारिक र प्रयोगात्मक रूपमा स्पष्ट हुनसमेत सहयोग पुग्छ।

हरेक विद्यार्थीले यहाँ अनिवार्य रूपमा प्रिजेन्टेसन गर्नुपर्छ। यसले विद्यार्थीको लेखनसँगै, वाककला, सीप र भाषागत ज्ञान समेत बढ्न सक्छ। स्कुलले प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गराउने गरेको छ।

यसका साथै विभिन्न ‘इन्टरनेसलन एक्सपोजर’का माध्यमबाट विभिन्न देशको भ्रमणसमेत गराउने गरिएको छ। जसबाट विद्यार्थीहरूलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ।

ग्लोबल स्कुल अफ साइन्समा अध्ययन गरेका दर्जनौँ विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।

विद्यार्थीको ध्यान यति वेला विश्वका नवीनतम् प्रविधितर्फ मोडिएको छ। यसलाई ध्यानमा राख्दै ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्याससँगै पाठ्यक्रमसँग सम्बन्धित गतिविधि (सिसिए) तथा अतिरिक्त क्रियाकलाप (इसिए) मा समेत विशेष जोड दिँदै आएको छ।

विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ। अत्याधुनिक भौतिक पूर्वाधार, आधुनिक शिक्षण सिकाइ प्रणाली, अत्याधुनिक ल्याब, सुविधासम्पन्न सभाहल, टेक्नो ल्याब, कम्प्युटर ल्याब र लाइब्रेरीको व्यवस्था कलेजका विशेषता हुन्।

छात्रवृत्तिको व्यवस्था के छ ?
ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा ६५० जना र कक्षा १२ मा ६५० जना गरी १ हजार ३ सय विद्यार्थी क्षमता छ। एसइईमा राम्रो नतिजा ल्याउने हरेक विद्यार्थीको ग्लोबल स्कुल अफ साइन्सबाट प्लस टु गर्ने चाहना हुन्छ। यहाँ हाल ६७ वटा स्कुलबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेका छन्। यसैबाट यो कलेजप्रति विद्यार्थीको आकर्षणलाई बुझ्न सकिन्छ।

यहाँ अध्ययन गर्नका लागि यति नै शुल्क लाग्छ भन्ने निश्चित हुँदैन। यसोभन्दा यो अभिभावकले तिर्न सक्नेभन्दा असाध्यै महँगो पनि छैन। कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्छन्। छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीलाई पनि उनीहरूको एसइईमा प्राप्त जिपिएका आधारमा शुल्क लाग्ने गर्छ।

त्यसैले जेहेन्दार विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

छात्रवृत्ति कसरी पाइन्छ ?
एसइईको परीक्षाफल प्रकाशित भएको पाँचौँ दिनमा छात्रवृत्तिका लागि इन्ट्रान्स टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुन्छ।

जुन परीक्षामा उत्कृष्ट २५ भित्र पर्न सक्ने विद्यार्थीले २ वर्ष यो कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गर्छ। यो परीक्षा ६० अंकको हुन्छ। डेढ घन्टाको यो परीक्षामा विद्यार्थीले क्याल्कुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रूपमा उपस्थित भएर परीक्षा दिनुपर्छ।

यो परीक्षामा लिखितमा न्यूनतम ४५ अर्थात् ७५ प्रतिशत अंक ल्याउनुपर्छ। उनीहरूको १० अंकको अन्तर्वार्ता हुन्छ। बाँकी रहेको ३० अंक विद्यार्थीको जिपिएअनुसार प्राप्त हुन्छ। जस्तो कुनै विद्यार्थीको ४ जिपिए छ भने उसले यो परीक्षामा पनि ३० अंक नै प्राप्त गर्छ। कसैको ३.९ जिपिए छ भने २६ अंक र ३.८ छ भने २४ अंक प्राप्त गर्छ । यसरी लिखित परीक्षा, अन्तर्वार्ता र जिपिएको अंक जोडेर टप २५ भित्र पर्ने विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउँछन्।

जुन परीक्षामा ४० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी ग्लोबल कलेज अफ साइन्समा भर्नाका लागि योग्य हुन्छ। यी विद्यार्थीमा पनि जिपिए राम्रो भएका विद्यार्थीले केही मात्रामा छात्रवृत्ति पाउछन्। जसले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई थप सहज हुन्छ।

बीचमा कुनै कारणवश पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीको पढाइ कमजोर भयो भने पनि उसको छात्रवृत्ति कटौती हुने भन्ने हुँदैन। बरु छात्रवृत्ति नपाएका विद्यार्थीले पढाइमा राम्रो गरेमा उनीहरूले तिर्नुपर्ने शुल्क कम हुन्छ। यसले पनि कलेजप्रति आकर्षण बढेको छ।

इन्ट्रान्स परीक्षादेखि युनिट टेस्ट, अतिरिक्त क्रियाकलाप (इसिए), खेलकुदलगायतका गतिविधि पनि वार्षिक क्यालेन्डरका आधारमा निश्चित गरिएका छन्। जसका कारण कलेजमा कुन समयमा के हुन्छ भन्ने अन्योलता अभिभावक र विद्यार्थीमा हुँदैन। विद्यार्थीलाई विज्ञानको गहिरो अध्ययन गराएर बौद्धिक र सिर्जनशील विद्यार्थी उत्पादन गर्नु कलेजको उद्देश्य हो।

ad
ad
ad
ad