१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १४ शुक्रबार १५:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १५:o२:oo

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन् । उनीहरू बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्नचिह्न खडा गरेको टिप्पणी गरे ।

बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताए ।

उनले भने, ‘उनीहरू असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान्। शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरू किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन् ?’

सांसद सांसद रञ्जुकुमारी ठाकुरले नीतिगत भ्रष्टाचार हुन नदिन र  विपत् व्यवस्थापनको पूर्वतयारीलाई गति दिन सरकारले ध्यान दिनुपर्छ भनिन् । सांसद रेखा यादवले एसइईको परीक्षामा के कारणले विद्यार्थी असफल भए यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्छ भनिन् । सांसद महन्थ ठाकुरले महोत्तरीमा बाढी नियन्त्रणका लागि जनता तटबन्धको कार्यक्रम ल्याइएको, तर अहिलेसम्म ४० प्रतिशत काम मात्र समाप्त भएको जनाउँदै त्यो कार्यक्रमलाई अन्यत्र नसार्न आग्रह गरे । 

सांसद प्रदीप पौडेलले एसइईमा अधिकांश विद्यार्थी असफल भएको सन्दर्भमा सरकारले गुणस्तर वृद्धि गरेर धेरै विद्यार्थीलाई उत्तीर्ण गर्न लाग्नुपर्नेमा त्यो गर्न नसकेको टिप्पणी गरे । सांसद नैनकला थापाले  अविरल वर्षाका कारण भइरहेकोे धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीले काम गरिसकेको रु. ४० अर्ब सरकारले निकास नगरेको उल्लेख गर्दै तत्काल रकम निकासा गर्न आग्रह गरे । 
 

ad
ad
ad
ad