१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १४ शुक्रबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १४:२६:oo

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र  नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रहरीले कतिपय मुद्दामा सहजरुपमा उजुरी लिन सक्ने अवस्था नभएले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । मुुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई संघीययताले छुन नसकेको उनको भनाइ थियो ।

यही असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले आगामी दिनमा विपद्बाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३औँ जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताए। उनले जननेता भण्डारीले संसद्लाई शान्तिपूर्ण संघर्षको क्षेत्र बनाउनुपर्छ भनेकाे र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राखेकाे स्मरण गरे।

राष्ट्रिय स्वतन्त्रत पार्टीका नेता एवं सांसद मनिष झाले सदनमा शून्य समय र विशेष समयमा प्राकृतिक प्रकोपका विषयमा नियमितरुपमा उठिरहेका विषयलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । उनले आजभन्दा ४८ वर्षअघि ल्याइएको संरक्षित क्षेत्रको अवधारणाविपरित पछिल्लो समय  जोखिम आकलन नगरी जथाभावी डोजर प्रयोग भएले चुरे क्षेत्रमा त्यसको गम्भीर असर परेको धारणा राखे । 

सांसद झाले चुरे तराई मधेसका लागि पानीको मुख्य स्रोत भएको र पछिल्लो समय अनावश्यक दोहनका कारण तराइमा पानीका स्रोत र संरक्षण क्षेत्र दुवै कमजोर भएका बताए।  नेपाल सरकारले चुरे क्षेत्रमा वातावरण संरक्षण क्षेत्र घोषणा गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो ।

ad
ad
ad
ad